किसानलाई अनुदानमा उपकरण

पोखरा ।
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्र्याक्टर २ सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १ सय ८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन ६ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।
कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो ।
‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ’, प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’ कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, आचार्यले भने ।
अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका ३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताइन् । ‘गाउँमा हाते ट्र्याक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घन्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो’, उनले भनिन् ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया