स्याङजामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

समाधान संवाददाता २०७९ चैत ९ गते १३:३८

पोखरा ।
स्याङजाको पुतलीबजारमा श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले कुटपिटबाट कमला गम्भिर घाइने भएकी थिइन् ।
उनका श्रीमानले ज्यान मार्ने नियत राखी कुटपिट गरि बेहोस अवस्थामा घरमै छोडेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना भएको १५ घण्टा पछि स्थानीयले थाहा पाएर अस्पताल पुर्याएका थिए ।

Advertisement

पोखरामा उपचार हुन नसकेपछि कमलालाई काठमाडौं नर्भिक अस्पतालमा पठाइएको थियो । नर्भिक अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमान र जेठाजुलाई प्रहरीले माघ २४ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत स्याङजाले जेठाजु केशवराजलाई चैत ३ गते दुई लाख धरौटीमा छोडेको थियो ।

अदालतले कुटपिट गरेरै कमला घाइते भएको ठहर गर्दै श्रीमान लक्ष्मीप्रसादलाई भने पुर्पक्षकाकालागि जिल्ला कारागार पठाएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया