मोडलिङमा व्यस्त सरिता

पोखरा ।
पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् सरिता दान्कोटी । भर्खर २२ पुगेकी उनलाई म्युजिक भिडियो र मेला, महोत्सवमा भ्याइनभ्याइ छ । पछिल्लो समय बजारमा आएको ठाडो भाकाको गीत ‘दरम खोला’ले उनलाई अझ बढी व्यस्त बनाएको उनी बताउँछिन् ।
स्कुले जीवनमा धेरै मेला, महोत्सवमा अनौपचारिक रुपमा नृत्य गरेकी उनले पोखराको पोखरा कला केन्द्रबाट औपचारीक नृत्य सुरु गरेकी हुन् । उनले अहिलेसम्म करिब १ सय ५० हाराहारी म्युजिक भिडियोमा अभिनय तथा नृत्य गरेकी छन् ।
धादिङको दलाङ गाउँमा जन्मिएकी उनको स्कुले जीवन नुवाकोटमा बित्यो । उच्च शिक्षा अध्ययनका लागि पोखरा पसेकी सरिताले त्यहीबाट आफ्नो नृत्य तथा अभिनय यात्रा सुरु गरिन् । सरिताले करिब ६ वर्षअघि ‘बास्ना धुपैको’ बोलको गीतबाट अभिनयमा यात्रा सुरू गरेकी हुन् ।
त्यसयता उनले अभिनय तथा नृत्य गरेका केही गीत थुप्रै बजारमा आएका छन् । उनी आफ्नो संघर्षबाट अगाडि बढेको बताउँछिन् । ‘बच्चैदेखि डान्स गर्थे । स्कुलमा शिक्षकहरुले पनि प्रेरणा दिनुहुन्थ्यो,’ उनले भनिन, ‘नेपालमा कलाकार हुन सहज छैन, झन त्यसैमाथि महिला कलाकार ।
मोडलिङ तथा नृत्य क्षेत्रमा मेहेनत गरेर यहाँसम्म आउन मेरो लागि त्यति सहज थिएन । एक चरणको कष्ट पार गरे । अबको बाटे सहज मानेकी छु ।’
कहिले पोखरा त कहिले राजधानी हुने दान्कोटी तेरिया मगरको नृत्यबाट प्रभावित भएको बताउँछिन् । थुप्रै म्युजिक भिडियोमा विभिन्न मोडलसँग देखिएकी दान्कोटी पल शाहसँग खेल्ने रहर लागेको सुनाइन् । उनी हाल पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा पत्रकारिता पढ्दै छन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया