६८ युनिट रगत संकलन

पोखरा ।
गण्डकी मिजार समाज पोखरा २६ सक्नेरीले आयोजना गरेको रक्तदानमा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले एक पोका रगतले मान्छेको जीवन बाँच्न सक्ने भएकाले रक्तदान गर्न र अरुलाई पनि बेला बेलामा रक्तदान गर्न प्रेरित गर्न आग्रह गरे ।
वडाध्यक्ष थापाले समाजले गर्दै आएका गतिविधिलाई वडाले सघाउने जनाए । वडाको तर्फबाट समाजको निर्माणाधीन भवन सम्पन्न गर्न आगामी आर्थिक वर्षमा केही रकम छुट्टाउने प्रतिवद्धता समेत उनले गरेका छन् ।
संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनबहादुर चर्मकार, सल्लाहकार बुद्धराज बस्याल, धादिङ सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे, महासचिव हरि पन्त, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, लेखनाथ निर्माण व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भीम नेपाली ‘काईँला’, लायन्स ३२५ जे का डिस्ट्रिक्ट अफिसर रामचन्द्र सेढाई, मिजार समाज गण्डकीका सल्लाहकार तिलक रोका लगायतले बोलेका थिए ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया