मनाङबाट ५२ जनाले एसइई दिने

समाधान संवाददाता २०७९ चैत १० गते ११:४१

मनाङ ।
शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । ‘यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए’, चपाईंले भने । जिल्लाका ३ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट ६ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका छन् ।

Advertisement

लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र ७ छात्रले परीक्षा दिनेछन् । प्रकाशज्योतिबाट ९ छात्रा र ८ छात्र तथा अन्नपूर्णबाट ३ छात्रा र २ छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक÷एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भरेनन् ।

ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया