राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित
समाधान संवाददाता
२०७९ चैत १० गते १२:५३

पोखरा ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई शुक्रबार पोखरा वडा नम्बर १३ ले सम्मान गरेको छ । हालै सम्पन्न नेपाल आइसिसी विश्वकप लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण केसीलाई सम्मान गरिएको वडाध्यक्ष किरण बरालले बताए ।
पाखरा १३ मा बस्दै आएका बागलुङका केसीले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पुर्याउन र राष्ट्रिय गौरव बढाउन खेलेका भुमिका सर्हानिय रहेको बरालको भनाइ छ ।
नेपाली क्रिकेट टिमलाई अझै सफल बनाउन प्रयास गरिरहने केसीले बताए । ‘सम्मानले मनोबल बढाएको छ, क्रिकेटका माध्यमबाट नेपाललाई चिनाउन सधैं लागिपर्नेछु,’ उनले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया