रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

गण्डकी ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे ।
“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने । सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताए ।
होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो । लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो ।
आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै रु ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उनको भनाइ छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया