गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

समाधान संवाददाता २०७९ चैत १० गते १७:३९

पोखरा ।
गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् ।

Advertisement

माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीले राजीनामा दिएका हुन् । आजै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।

तपाईको प्रतिक्रिया