गाउँपालिका महासंघ गण्डकीमा नवराज

समाधान संवाददाता २०७९ चैत ११ गते १७:२१

पोखरा ।
गाउँपालिका महासंघ गण्डकी अध्यक्षमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा चयन भएका छन् । शुक्रबार गण्डकीका ५८ गाउँपालिका अध्यक्ष र उपाध्यक्षको भेलाले ओझालाई अध्यक्ष चयन गरेको हो ।


ओझा कास्कीको रुपमा रुपा गाउँपालिका अध्यक्षमा एमालेमा दोहोरिएर निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा पनि एमालेबाटै मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, सचिव कांग्रेसबाट तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, सहसचिव कांग्रेसका माछापुच्छे« गाउँपालिका उपाध्यक्ष सीता अधिकारी चयन भएका हुन् ।


कोषाध्यक्षमा नेकपा माओवादीबाट गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना चयन भएका छन् । महासंघको विधानमै पहिलो पार्टीले अध्यक्ष र उपाध्यक्ष, दोस्रो पार्टीले सचिव र सहसचिव तथा तेस्रो पार्टीले कोषाध्यक्ष पाउने व्यवस्था छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भएमात्र देश बलियो बन्ने सुनाए ।

Advertisement

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले स्रोत, साधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे । ‘स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा संघ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण गर्नुपर्छ’, मुख्यमन्त्री अधिकारीले भने, ‘दिगो विकासका लक्ष्य हासिल गर्ने गरी तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन ।’ स्थानीय तहलाई अधिकार र स्रोत, साधन सम्पन्न नबनाए जनअपेक्षा पूरा गर्न नसकिने उनको भनाइ छ । आवश्यकता र प्राथमिकता निर्धारण गरी विकासका आयोजना सञ्चालन गर्न स्थानीय तहका पदाधिकारीहरूलाई मुख्यमन्त्री अधिकारीले सुझाव दिए ।


उनले आफू संघीय ससंद्मा प्रतिनिधित्व गर्दा स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम गर्न प्रदेश सरकार तयार रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया