सिटी रेबानमा नयाँ समिति

समाधान संवाददाता २०७९ चैत ११ गते १७:२४

पोखरा ।
पोखरा नगर रेस्टुरेन्ट तथा बार (सिटी रेबान) एसोसिएसनको आठौं अधिवेशन तथा १९ औं साधारण सभा शुक्रबार भएको छ । अधिवेशनले अध्यक्ष दीपक तिमिल्सिनाको नेतृत्वमा आगामी ३ वर्षका लागि १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement


उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महिला उपाध्यक्ष तुलसा जिसी, महासचिव मनोज केसी, सचिव केशव घिमिरे र कोषाध्यक्ष प्रेम सापकोटा छन् । कार्यसमितिको सदस्यमा बुद्धि पौडेल, वासुदेव दाहाल, शरण गुरुङ, पार्वती लम्साल बराल, सुमिता सिंह, विष्णु शर्मा र लुमाकुमारी कुँवर निर्विरोध भएका छन् ।


कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले होटल व्यवसायीले पाहुनाको आतिथ्यता र स्तरीय सेवा प्रदान गर्नुपर्ने बताए । उनले कोभिड १९ का कारण पर्यटन व्यवसाय सुस्ताएको अवस्थामा महासंघले सातै प्रदेशमा पर्यटन प्रवद्र्धनको अभियान चलाएको जानकारी दिए ।


‘सबै प्रदेशका होटल व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनको अभियान थालेकोमा निकै प्रभावकारी भएको छ,’ उनले भने, ‘प्रदेश स्तरमा भएका असल अभ्यासको अनुभव आदानप्रदान गर्नुका साथै पर्यटकलाई एक प्रदेशबाट अर्को प्रदेशका घुम्न जानका लागि प्रोत्साहित गरिएको थियो ।’ उनले कोभिड १९ पछि उद्योग, व्यवसाय क्षेत्र विस्तारै फष्टाउन लागेको अवस्थामा बैंकको चर्को ब्याजदरका कारण फेरि अर्को संकट आएको दाबी गरे ।


चुकेले गलत नीतिका कारण अहिले आर्थिक मन्दी चलिरहेको र यसले होटल तथा रेस्टुरेन्ट व्यवसाय चौपट पारेको आरोप लगाए । उनले ब्याजदर घटाएर ऋणको पुर्नतालिकीकरण गर्न सकेमात्र व्यवसाय पुरानो लयमा फर्काउन सकिने तर्क गरे । होटल व्यव्यवसायीको समस्या समाधानका लागि सरकारलाई पहल गर्न उनले आग्रह गरे ।

Advertisement


समारोहमा होटल व्यवसायी महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोख्याल, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, पोखरा सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिना, संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्षहरु यामबहादुर गुरुङ, केपी शर्मा र पीताम्बर पौडेल, सल्लाहकार पार्वती जिसी, संस्थाका उपाध्यक्ष धर्मबन्धु सुवेदी, सचिव तीर्थ लुइटेल, वस्तुगत संघको तर्फबाट कास्मेटिक व्यवसायी संघका अध्यक्ष दुर्गा बराल, घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमल न्यौपाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया