आर्चरी प्रशिक्षक प्रशिक्षण सुरु

पोखरा ।
पोखरामा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजना, नेपाल ओलम्पिक कमिटिको सहयोग र वल्र्ड आर्चरी महासंघको प्राविधिक सहयोगमा शनिबारदेखि प्रशिक्षण सुरु भएको संघ अध्यक्ष दीपकराज गुरुङले बताए ।
आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले भएको प्रशिक्षण १७ गतेसम्म चल्नेछ । गण्डकी प्रदेशसहित कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिमाञ्चल प्रदेश, विभागीय टोली शसस्त्र प्रहरी बल र नेपाली सेनाका गरी १५ जना प्रशिक्षणमा सहभागी छन् ।
कास्की जिल्ला आर्चरी संघको स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा ५ महिला सहभागी रहेको संघ कास्की अध्यक्ष योगेन्द्रबहादुर शेरचनले बताए ।
वल्र्ड आर्चरीका विज्ञ अल्जेरियन प्रशिक्षक खालीद लामान्डेले सहभागीलाई प्रशिक्षण दिएका छन् । नेपालमा आर्चरी खेलको धेरै सम्भावना भए पनि प्रशिक्षक कम रहेकाले कार्यक्रम आयोजना गरिएको संघका महासचिव रमेशप्रसाद शिवाकोटीले बताए ।
प्रशिक्षण नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले सुरुआत गरेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया