अन्नपूर्ण म्याराथन जेठमा हुने

समाधान संवाददाता २०७९ चैत १२ गते १२:०५
फाइल फाेटाे

पोखरा ।
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन आउँदो जेठमा हुने भएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो ।

कोभिड १९ का कारण २ संस्करण स्थगित भए पनि समितिले यस पटक म्याराथनलाई निरन्तरता दिन लागेको शुक्रबार घान्द्रुकमा आयोजित छलफलमा अध्यक्ष ललित गुरुङले बताए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता गरे ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएका थिए । प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगित भए पनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरुङले बताए ।

Advertisement

२०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत हिन्कु केभमा हिम पहिरोका कारण भएको घटना र विश्वव्यापी कोभिड १९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको अर्थतन्त्रसमेत संकटमा छ ।

पर्यटन क्षेत्रलाई धराशायी हुन नदिनका विषेश राहत प्याकेज ल्याउनस्थानीय, प्रदेश र संघ सरकारसँग समितिले अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया