प्रेस क्लबमा सल्लाहकार चयन

समाधान संवाददाता २०७९ चैत १२ गते १२:१४

पोखरा ।
प्रेस क्लब गण्डकीले ३ जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्माकुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकार चयन गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

Advertisement

मञ्चले सोमबार कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमका वक्तामा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन र इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् ।

कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया