लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका सदस्यलाई ग्राण्डी हस्पिटलमा छुट
समाधान संवाददाता
२०७९ चैत १२ गते १२:३८

पोखरा ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका सदस्यले ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा परिक्षण गर्दा छुट पाउने भएका छन् । २ वर्षका लागि मान्य हुने गरि फागुन १२ गते दुबै पक्षबीच सम्झौता भएको हो ।
सम्झाैता अनुसार ओपिडी, औषधि, चिकित्सकको परामर्श, उपभोग्य वस्तु, स्वास्थ्य केन्द्र, प्याकेजमा गरिएको उपचार, बेड चार्ज, अपरेशन शुल्क, डाक्टरराउन्ड चार्ज, प्याथोलोजिकल चार्ज, सीटी, एमआरआईमा छुट लागु हुनेछ ।
सदस्यले क्लब सदस्यता पत्र देखाएर सेवा लिन सक्नेछन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया