मुस्ताङ प्रहरीको नागरिक सुनुवाइ

समाधान संवाददाता २०७९ चैत १२ गते १२:५६

जोमसोम ।
मुस्ताङ भित्रिने पर्यटकका लागि पर्यटनमैत्री सुरक्षा स्थापित गराउँन जिल्ला प्रहरी कार्यालय मुस्ताङले शनिबार नागरिक सुनुवाई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुस्ताङ प्रहरीले जोमसोम स्थित पुथाङ एअरपोर्टका पर्यटन व्यवासायको संग्लनताका नागरिक सुनुवाई आयोजना गरेको हो ।

Advertisement

मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको शान्ति, सुरक्षा र होटलमा हुन सक्ने अवैध गतिविधिक निगरानी, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, होटल व्यवसायीले अपनाउनुपर्ने सावधानी, अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका लागि मुस्ताङ प्रहरीले नागरिक सुनुवाइ आयोजना गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

मुस्ताङ होटल एसोसिएसनकी उपाध्यक्ष मोहनकुमारी शेरचनको अध्यक्षमा भएको कार्यक्रममा सिडिओ अनुप केशीले पर्यटन विकासले मात्रै आर्थिक समृद्धि हासिल हुने बताए । यहाँ आएका पर्यटकलाई पर्यटनमैत्री व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा व्यवासायीले समस्या र जिज्ञासा राखेका थिए । घरपझोङ गाउँपालिका ३ का वडाध्यक्ष फलेन्द्र थकालीले जोमसोम बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने योजना सुनाए । उनले मुस्ताङ भित्रिने पर्यटकको दैनिक अभिलेख राख्नसके विकृति र आपराधिक घटना कम हुने सुझाव दिए ।

प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ शर्माले मुस्ताङ प्रहरीको समग्र वस्तुगत अवस्थाबारे प्रस्तुति गरे ।

Advertisement

तपाईको प्रतिक्रिया