५१ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ चैत १२ गते १२:५७

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले रजत महोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्तीमगरलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए ।

अध्यक्ष मर्सानीले सबैभन्दा ठूलो दान रक्तदान आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए । एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले संस्थाले रजत महोत्सवको अवसर पारेर यो वर्ष विभिन्न कार्यक्रम गरिरहेको सुनाए । कार्यक्रममा संस्थाका महासचिव बुद्धिबहादुर कुँवर, उपाध्यक्ष ईन्द्रराज अर्याल, मानार्थ सदस्य सुदीप ढकाल, सल्लाहकार शिव शर्मा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया