आशिकलाई रोड रेसिङ उपाधि

समाधान संवाददाता २०७९ चैत १३ गते १०:५२

पोखरा ।
काठमाडौंका आशिक लामाले नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ को उपाधि हात पारेका छन् । पोखरा रंगशालामा पहिलो पटक भएको प्रतियोगितामा राइडर नम्बर ८ का लामा अरु प्रतियोगीलाई पछि विजयी बनेका हुन् ।

उनले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ पाए । राइडर नम्बर ४६ का काठमाडौंका राजकुमार कार्की दोस्रो र राइडर नम्बर ५२ का युकेस थापा तेस्रो भए । कार्कीले ५५ हजार ५ सय ५५ र थापाले भने ४४ हजार ४ सय ४४ नगद पाएका छन् ।

नोभिस (जुनियर) विधामा पनि काठमाडौंका राइडरले वर्चश्व जमाए । राइडर नम्बर ३३३ नम्बरका निमेश ठकुरी प्रथम ०२ का दिलीप दनुवार दोस्रो र १० नम्बर राइडर मंगेश जोशी तेस्रो भए ।

Advertisement

विजेतालाई ७७ हजार ७ सय ७७, उपविजेतालाई ५५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिएको मोटर स्पोट्स नेपालका उपाध्यक्ष आसिस मानले बताए ।

प्रतियोगितामा राष्ट्रिय स्तरको रोड रेसमा १६ जना र नोभिसतर्फ ४८ जना सहभागी रहेको नेपाल अटो मोवाइल एसोसियसन (नासा) नेपाल सचिव सन्तोष न्यौपानेले बताए ।

Advertisement

मोटर स्पोट्स नेपाल र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा प्रतियोगिता भएको हो । साहासिक खेलको प्रबद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए ।

तपाईको प्रतिक्रिया