जुत्ता व्यवसायी संघको सभा

समाधान संवाददाता २०७९ चैत १३ गते १२:०६

पोखरा ।
जुत्ता व्यवसायी संघ कास्कीको छैटौं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा सांसद मनबहादुर गुरुङले देशको अर्थतन्त्र बिग्रिदै जाँदा रोजगारीका लागि विदेशिनैपर्ने वाध्यता आउने जनाए । उनले देशमै केही गरी जीविकोपार्जन गर्छु भन्नेहरुलाई व्यवसायमैत्री वातावरण नभएकाले सो सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष वेदप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव हेमकृष्ण श्रेष्ठ, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष बालकृष्ण निउरे, थोक व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सुवेदी, संस्थाका सल्लाहकार दुर्गा सुवेदी, संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली, निवर्तमान अध्यक्ष मोहनराज पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थालाई सरसहयोग गर्ने व्यक्तिलाई सम्मान, पुराना व्यसायी कृष्णप्रसाद पौडेल, कक्षा १२ पास गर्ने छात्रछात्रा, विभिन्न कार्यक्रममा कार्यक्रम संयोजक भई सहयोग गर्ने सदस्य तथा संस्थापक अध्यक्ष पवित्रबहादुर नेपालीलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया