तनहुँ १ मा उपचुनाव लड्न २६ दल दर्ता

समाधान संवाददाता २०७९ चैत १३ गते १३:५७

तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।

Advertisement

यस्तै बारा-२ क चितवन-२ मा पनि सोहि मितिमा उपनिर्वाचन हुँदैछ । चितवन-२ मा १८ दल भएका छन्।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

Advertisement

तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया