तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्न कांग्रेसभित्र १३ जनाको आवेदन, आवेदन शुल्क ६ हजार

तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका १३ जनाले आकांक्षा देखाएका छन् ।
तनहुँ १ मा गत मंसिर ४ मा भएको चुनावमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए । गत फागुन २५ गते पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त छ ।
कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले उम्मेदवारीमा आकांक्षा राख्नेहरुलाई आवेदन आह्वान गरेको थियो । आवेदन शुल्क ६ हजार रुपैयाँ तोकिएको थियो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईले उम्मेदवार हुन आवेदन दिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
नेताहरू लक्ष्मी आचार्य, विष्णु पन्त, पूर्वजिविस सभापति रामचन्द्र पोखरेल, क्षेत्रीय सभापति श्याम मौरती, तनहुँ उपसभापति देवकुमार श्रेष्ठ, समुन्द्र गोदार, डोबाटे विश्वकर्मा, अर्जुन अधिकारी र सरिता गुरूङले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् ।
उनीहरुले क्षेत्रीय समितिले तोकेको शुल्क बुझाएर उम्मेदवार बन्न आवेदन गरेका हुन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया