वन क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की
समाधान संवाददाता
२०७९ चैत १३ गते १४:४९

पोखरा ।
वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कार्की सभापति निर्वाचित भएका हुन् । कार्की २ सय ९५ मत ल्याउदा नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत ल्याए ।
सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भएका छन् । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए । कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् ।
उनले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत पाइन् । सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया