निबन्ध प्रतियोगितामा मदरल्यान्ड स्कुलका बिनम श्रेष्ठ प्रथम
पोखरा ।
अर्गनाइजेसन अफ इकोनोमिक कोरपोरेसन एण्ड डेभलपमेन्टको आयोजना र नेपाल राष्ट्र बैंकको संयोजनमा निबन्ध प्रतियोगीता भएको छ । ‘प्लान योर मोनी, प्लान्ट योर फ्युचर’ विषयमा भएको प्रतियोगितामा मदरल्यान्ड सेकेन्डेरी स्कुलका बिनम श्रेष्ठ प्रथम, एसओएस गण्डकी स्कुलका आयुष अधिकारी द्धितिय र आयुष्मा भण्डारी तृतिय भएका छन् ।
विश्व वित्तीय सप्ताहको अवसरमा भएको प्रतियोगितामा कास्की भित्रका १९ वटा विद्यालयका कक्षा १२ मा अध्ययनरत २९ जना विद्यार्थी सहभागी थिए । निबन्धलाई दुई चरणमा मूल्याङकन गरिएको थियो । पहिलो चरणको मूल्यांकनबाट छानिएका उत्कृष्ट ७ मध्येबाट दोस्रो चरणको मूल्यांकनले विजेता चुनेको हो ।
मूल्यांकन सदस्यमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, उप निर्देशक सम्झना ढकाल र नबिल बैंकका प्रदेश प्रमुख सूर्य रोका थिए ।
विजेतालाई बैंकको वार्षिकउत्सवमा पुरस्कार प्रदान गरिनेछ ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया