ओलम्पिकका छनोट खेल नेपालमा हुने

समाधान संवाददाता २०७९ चैत १४ गते १०:३१

काठमाडौं ।
फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल २०२४ प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने यो प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीले खेल्ने छन् ।

नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि छन् । तर दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । यो समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ ।

एसियाली राष्ट्रलाई विभिन्न ७ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रंशालामा हुनेछ ।

Advertisement

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ ३ सय र भिआइपी प्यारापिटतर्फ १ हजार कायम गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताका गर्न ४३ लाख खर्च हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया