सूर्य नेपाल गल्फ आजदेखि

काठमाडौँ ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मंगलबारदेखि सुरु हुँदै छ । रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडी सहभागी हुने छन् । नेपालका नम्बर १ खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभागी नहुने पक्का भएको छ । उनी हाल भारतमा छन् ।
प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार, पाँचौँले ३४ हजार पाउने छन् ।
छैटौँले ३० हजार, सातौँले २७ हजार, आठौँले २४ हजार, नवौँले २२ हजार तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले २० हजार पुरस्कार पाउने छन् । हरेक दिन १८ होलको खेल हुनेछ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया