करवाकेली युवा क्लबको बास्केटबल

लेखनाथ ।
अघौं पुन मगर समाज अन्तर्गतको युवा इकाई करवाकेली युवा क्लबले आयोजना गरेको तेस्रो करवाकेली बास्केटबलको उपाधि एन आई ए ब्रर्दसले हात पारेको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना गरेको खुला बास्केट बल प्रतियोगितातर्फको पुरुष समूह अन्तर्गत दर्ता भएका १९ समूहमध्येबाट एन आई ए ब्रर्दसले प्रथम स्थान हासिल गरी नगद ६० हजार साथमा सिल्ड, मेडल र प्रमाण पत्र हात पारेको हो ।
प्रतियोगितामा उपविजेता बनौं पुन समूह भएको छ । उसले नगद ४० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विभिन्न ३ समूहमा खेलाइएको प्रतियोगितातर्फ प्रौढ समूहमा दर्ता १० टिमहरुमध्येबाट एक्स एबिसी प्रथम र भण्डारढिक प्रौढ समूह उपविजेता भई क्रमश ३० हजार र २० हजार नगद पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन् ।
महिलाहरुका लागि खेलाइएको बास्केटबल प्रतियोगितामा एच आई के भिजन काठमाडौंले प्रथम स्थान हासिल गरी नगद २० हजार र आयोजक अर्घौ पुन मगर समाज उपविजेता हुँदै नगद १० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
चैत ७ गतेदेखि सञ्चालित प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २७ क वडाअध्यक्ष पुर्ण कुमार गुरुङले गरेका थिए भने समापन समारोहमा विजेता समूहलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेलकुदको माध्यमबाट भाइचाराको सम्बन्ध विस्तार हुने र शारीरिक तथा मानसिक रुपमा सन्तुलन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
अर्घौं पुन मगर समाजका अध्यक्ष देउबहादुर चोचाङगीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष हेमबहादुर सेरपुर्जाले र स्वागत मन्तव्य समाजका सल्लाहकार डुलबहादुर पुनले गरेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया