फेकोफन माछापुच्छ्रेको अध्यक्षमा ढुंगाना

समाधान संवाददाता २०७९ चैत १४ गते ११:१०

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोस्रो अधिवेशनले धर्मराज ढुंगानाको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्ष पार्वती अधिकारी चयन भए । सदस्यहरुमा यमुना भुजेल, गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित भएका छन् । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ ।

Advertisement

अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी, बलराम ढुंगाना, गुरुदत्त अधिकारी, गीता अधिकारी, गीता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवं जिल्ला प्रतिनिधिमा चूडामणि अधिकारी, खिमलाल अधिकारी, दाताराम अधिकारी, रमा गौतम, अनिता नेपाली र लक्ष्मी ढुंगाना निर्वाचित भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरि बास्तोलाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेज गरी स्थानीय बासिन्दालाई संरक्षणको जिम्मा दिनुपर्नेमा जोड दिए ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले जिल्लामा ५ सयभन्दा बढी सामुदायिक वन समूह रहेको जानकारी दिँदै सम्भाव्यता अध्ययनका आधारमा वन क्षेत्रलाई आयआर्जनसँग जोडिन खालका उद्यम सञ्चालनतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।

गाउँपालिका महासंँघ माछापुच्छ्रेका अध्यक्ष चूडामणि अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडासदस्य गुरुदत्त अधिकारी, उमानाथ अधिकारी, मालती अधिकारी लगायतले सर्वसुलभ तरिकाले वन पैदावार उपयोग गर्ने खालको नीति आवश्यक रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया