नेपाली संगीतप्रति ब्रिटिस सेनाको जूनून

समाधान संवाददाता २०७९ चैत १४ गते ११:२४

पोखरा ।
बेलायती सेनाको सिपाहीमा कार्यरत पोखराका रोशन नेपाली (एलएनएमके) गायकसमेत हुन् । उनी अहिले बेलायतमा छन् ।

आफ्नो सैन्य जिम्मेवारीको बावजुद उनी संगीत क्षेत्रमा पनि सक्रिय छन् । उनले आफ्नो सांगीतिक करियरको सुरुवातमा ‘परीक्षा’ सार्वजनिक गरेका थिए । जसलाई क्लास एक्सले निर्माण गरेको थियो ।

६–७ महिनाको अन्तरालपछि गायक नेपालीले दोस्रो गीत ‘अंगालोमा बाँधी राख न’ सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियो संगीत निर्माता फोसियलले बनाएको छ भने वाइज मंकी इन्टरटेन्टमेन्टले प्रचारप्रसार गरिरहेको छ ।

Advertisement

‘अंगालोमा बाँधी राख न’ गीतमा घरपरिवार तथा समाजले स्वीकार नगरिएका प्रेमीका बारेमा चर्चा गरिएको छ । गीतले आशावाद, प्रेम र एकअर्कासँगको सम्बन्धलाई देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया