पोखरा १२ मा ८० लाख बजेट—प्लास्टिकको पिचदेखि भेण्डिङ मेसिन राखिने

समाधान संवाददाता २०७९ चैत १४ गते २१:०८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ र यूएनडिपीबिच मंगलबार ‘शून्य फोहोर न्यूनीकरणको मोडेलको विकास र कार्यान्वयन परियोजनामा एमओयू सम्झौता भएको छ । ठोस फोहोर व्यवस्थापनको वर्तमान परिदृश्य, प्लास्टिकको प्रयोग र एकल प्रयोग हुने प्लास्टिक वस्तुहरू तथ्यांक संकलन गर्दै वडाबासीलाई जनचेतना दिने सम्झौता भएको हो ।


यसका लािग यूनडिपीले ८० लाख बजेट वडामा खर्च गर्ने सम्झौत भएको वडाध्यक्ष सन्तोष बस्तोलाले बताए । ‘त्यो बजेट वडामा जनचेतना, दिने, प्लाटिकको न्यूनिकरण व्यवस्थापन र पुनः प्रयोग कसरी गर्न सकिन्छ, परियोजनाले गर्ने छ,’ बास्तोलाले भने ।
समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन प्लाष्टिक सामग्रीको न्यूनीकरण, पुनः प्रयोग र प्रतिस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।


सम्झौतामा सयदेखि २ सय मिटरको प्लास्टिक सडक प्रदर्शन गर्ने सहमति भएको छ । ‘वडामा प्लास्टिकबाटै बनेको पिच सडक बनाउने र प्लाष्टिक सामग्रीहरु पुन प्रयोग गर्न सकिने गरि उहाँहरुले जनचेतना फैलाउनुहुन्छ,’ वडाध्यक्ष बास्तोलाले भने ।
वार्डबाट उत्पादन हुने प्लास्टिक फोहोरबाट अस्वीकार गरिएको इन्धन तयार गर्ने परियोजनाको लक्ष्य हो । यसले किराना पसलहरूमा पर्यावरण मैत्री कपास झोला अनुदानमा उपलब्ध गराउनेछ । बोतलहरूको खपत कम गर्नका लागि पोखरा १२ मा बोतलहरू रिफिल गर्न प्रविधि र विधिको जानकारी दिनेछ । यसका लागि रिकभरी केन्द्रको स्थापना, फोहोर व्यवस्थापन मोडेलहरू प्रदर्शन, सानो बैठक हल र एक नमूना ड्रप–अफ केन्द्र उपलब्ध गराउनुपर्ने छ ।

Advertisement


पछिल्लो समय चुनौतिको रुपमा देखा परेको फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका लागि परेको मेयर धनराज आचार्यले बताए । फोहोरलाई वर्गीकृत गरेर मोहरमा बदल्न केन्द्रित भएको उनको भनाइ थियो । ‘महानगर फोहोर व्यवस्थापनमा लागि परेको छ । यसका लागि हामीहरु टिकट काटेर हेर्न जाने फोहोर व्यवस्थापन केन्द्र बनाउँछौं,’ मेयर आचार्यले भने । महानगरले छिट्टै पोखरा ३२ लामेआहालबाट ल्यान्डफिल्ड साइट सार्ने उनले सुनाए । ‘महानगरले टिकट किनेर हेर्न जाने फोहोर मैला प्रशोधन केन्द्र बनाउँछौं,’ मेयर आचार्य भने ।


बोतलको कम प्रयोगलाई भेन्डिङ मेसिनको उपलब्ध गरी वडामा राखिदिने सम्झौता भएको वडाध्यक्ष बास्तोलाले बताए । अनुसन्धान सडक निर्माणको लागि निश्चित बजेट विनियोजन गर्नेछ । अनुसन्धान र परीक्षण घटकको लागि सक्रिय रूपमा लिनुपर्ने छ । प्राप्त नतिजा राम्रो भए दोस्रो पक्षले अन्य वडा र नगरपालिकालाई प्रविधि प्रयोग गर्न सिफारिस सम्झौतामा छ ।

Advertisement

तपाईको प्रतिक्रिया