पोखरा लेकसिटीमा सोभितको नेतृत्व

समाधान संवाददाता २०७९ चैत १५ गते १०:५७

पोखरा ।
लायन्स क्लब अफ पोखरा लेकसिटीको अध्यक्षमा सोभितमान बुद्धाचार्य निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा विद्या मर्सानी, द्वितीय उपाध्यक्ष सत्यनारायण मण्डल, तृतीय उपाध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, सचिव सुदीप प्रधानांग, कोषाध्यक्ष प्रेम शेरचन र सहकोषाध्यक्षमा राजेशमान बुद्धाचार्य चुनिएका छन् ।

Advertisement

क्लबको टेलट्विस्टरमा विमलमान गुमाजु, टेमर अर्जुन कायस्थ, निर्देशकहरुमा खेम गुरुङ, इच्छामान बुद्धाचार्य, अनिल ताङ्वे, बैकुण्ड रञ्जित, नारायण शर्मा र लक्ष्मण श्रेष्ठ छन् ।

क्लबको मेम्बरसिप चेयरपर्सनमा सुशिन ताङ्वे र क्लब मार्केटिङ चेयरपर्सनमा दशरथमान बुद्धाचार्य छन् । एलसिआइएफ कोअर्डिनेटरमा टेकमान प्रधानांग रहेको निर्वाचन मण्डलका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए । निर्वाचन मण्डलका सदस्यमा टोपबहादुर थापा र तीर्थ बस्नेत थिए ।

तपाईको प्रतिक्रिया