महिला चेम्बरमा सीमा

पोखरा ।
महिला चेम्बर अफ कमर्स कास्कीको दोस्रो अधिवेशनले सीमा कोइरालाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको छ ।
उपाध्यक्षमा जमुना पौडेल र संगीता पाण्डे, सचिव सरिता सुवेदी, कोषाध्यक्ष ज्योति अधिकारी र सहसचिव सपना गिरी छन् ।
कार्यसमिति सदस्यमा सोविता कोइराला, सीता भट्टराई, केशव कुमारी, दुर्गा गौतम लामिछाने, वीनिता खतिवडा, लक्ष्मी लम्साल, माया सुनार, विमला श्रेष्ठ, विष्णुदेवी विक, विष्णुदेवी विक र सिर्जना त्रिपाठी छन् ।
सल्लाहकारमा कल्पना खतिवडा, पवित्रा भुजेल, पूर्णशोभा गुरुङ, योगा गौतम, पुष्पा मरासिनी र कमला सुनार रहेको निर्वाचन मण्डल संयोजक उमराज बास्तोलाले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सीता सुन्दासले आन्तरिक राजस्व वृद्धि गरी गण्डकी प्रदेशलाई थप बलियो बनाउनुपर्ने बताइन् । उनले करको दर नभई दायरा बढाएर राजस्व वृद्धि गर्ने उल्लेख गरिन् ।
‘सबल, गुणस्तरीय र दिगो अर्थतन्त्रको निर्माण गरी प्रदेशलाई आत्म निर्भर बनाउने योजना छ,’ उनले भनिन्, ‘उत्पादन र उत्पादकत्व वृद्धि गरी समाजवादमा जाने आधार निर्माण गर्न सरकार तयार छ ।’ उनले प्रदेश सरकार सुदृढ भए संघीयता सफल हुने दाबी गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनार, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेम सुवेदी, महासचिव नवराज आचार्य, सचिव विष्णुप्रसाद बास्तोला, कोषाध्यक्ष गोकर्ण अधिकारी, महिला चेम्बर अर्फ कमर्सका सल्लाहकार संगीता पाण्डे लगायतले उद्योगी, व्यवसायीका समस्याका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया