भवानी माध्यमिक विद्यालमा स्मार्ट डिभाईस जडान

समाधान संवाददाता २०७९ चैत १५ गते १७:०७

लेखनाथ ।
पोखरा २६ मा रहेको भवानी कालिका माध्यमिक विद्यालमा डिजिटल प्रविधीको स्मार्ट डिभाईस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।
चक, डस्टर तथा मार्कर पेन लिएर जानुको सट्टा अव कम्पुटरको किवोर्ड र माउसको प्रयोगबाट अध्यापन हुने विद्यालयका प्रधानाध्यापक रमेश भट्टराईले बताए । कक्षा कोठामा राखिएको प्रोजेक्टर सहितको सेतो वोर्डमा पाष्ठपुस्तका विषय वस्तु सजिलैसँग देखाउन सकिने उनले भने ।

Advertisement

पोखरा महानगरपालिका र गण्डकी प्रदेशको आर्थीक सहयोगमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म आगामी शौक्षिक सत्र देखि नयाँ प्रविधिको स्मार्ट डिभाईसबाट पठन पाठन गरिने व्यवस्था गरिएको प्रधानाध्यापक भट्टराईले बताए ।

मंगलबार पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले समुद्घाटन गर्दै समयको मागसँगै विद्यार्थीलाई प्रविधीमैत्री पठन पाठनका लागि अग्रसर बनाउनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिनिया थापा, सहायक प्रअ किरणराज न्यौपाने र कम्प्युटर शिक्षक बिक्रमराज चाँपागाईले स्मार्ट डिभाईसले पठन पाठनमा सहज हुने र अवदेखि भवानी कालीका मावि स्मार्ट विद्यालयको रुपमा परिचित हुने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया