नेकपा एसका नेता एमाले फर्काउन उपमहासचिव गुरुङको कसरत

पोखरा ।
नेकपा एकीकृत समाजवादीबाट मंगलबार राजीनामा स्वीकृत भएपछि समाधानसित कुराकानी गर्दै नेता चूडामणि जंगलीले भनेका थिए, ‘अब पार्टीमै लागेर राजनीति गर्ने भए एमालेमै फर्किएर गर्छु ।’
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन् ।
केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् । यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् ।
उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार केन्द्रीय उपाध्यक्षसमेत रहेका केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, हालका अध्यक्ष श्रीराम कार्की, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ एमालेमै फर्कने गरी छलफलमा छन् । ‘उहाँहरु आउन खोजिरहनुभएको छ, एमालेबाट कुन पद दिने छलफल भइरहेको छ । बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ला,’ स्रोतले भन्यो ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्बिर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
एकीकृत समाजवादीले तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा टिकट नपाउने भएपछि केही नेताहरु एमाले फर्केर भए पनि चुनाव लड्न चाहन्छन् । एमाले पनि अर्को पार्टीबाट भिœयाएर भए पनि उक्त क्षेत्रमा जीत निकाल्ने दाउमा देखिन्छ ।
तनहुँ १ मा एमालेबाट किरण गुरुङ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । ‘किरणले चाहे किरणले नै टिकट पाउने सम्भावना छ । तर, पार्टीलाई बलियो बनाउन अन्य पार्टीबाट ल्याएर पनि उक्त क्षेत्र सुरक्षित राख्ने कि भन्ने पनि छ,’ एमाले स्रोतले भन्यो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया