पूर्व प्रदेश प्रमुख राष्ट्रपतिको सल्लाहकार
समाधान संवाददाता
२०७९ चैत १६ गते १०:३६

पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् । कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् ।
अर्घाखाँची घर भएका कुँवर तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए । अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका नेपाल पूर्व गर्भनर हुन् ।
३ माघ ०७४ मा पहिलोपटक तत्कालीन ४ नम्बर प्रदेश (गण्डकी)को प्रदेश प्रमुख भएका कुँवरको कार्यकाल २०७६ कात्तिक १७ सम्म रह्यो । कुँवरले पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन पनि गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया