उपचुनाव लड्न माओवादी त्याग

पोखरा ।
नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार बन्न उनले माओवादी छाडेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि उनी सोही क्षेत्रमा माओवादीबाट उम्मेदवार बनेका थिए ।
तर, जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।
यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको बारा–२ मा पुनः उम्मेदवार हुन उनी जनमत पार्टी प्रवेश गरेका हुन् । स्वतन्त्र भएर चुनाव लड्न खोजेपनि जनताले पार्टीले चुनाव लड्न आग्रह गरेको उनले बताए ।
बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवार बन्ने तयारी गरेका छन् । कुशवाहाले उपेन्द्रलाई आफूले पारजित गर्ने दाबी गरेका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया