प्रगतिशील चिकित्सक संघ गण्डकीमा दिनेश

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट प्रगतिशील चिकित्सक संघ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले डा दिनेशकुमार विकको अध्यक्षतामा १५ सदस्सीय नयाँ नेतृत्व सर्वसम्मत चुनेको छ ।
समितिको बुधबार पोखरामा भएको अधिवेशनले नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा डा रामहरि दाहाल, सचिव डा सरोज दाहाल र कोषाध्यक्षमा डा अमूल्य सोती छन् । सदस्यमा डा विपिन सुवेदी, डा पुरन विक, डा सुभाष भुर्तेल, डा शिव विक, डा सुदन अधिकारी र डा दृश्य विश्वकर्मा छन् ।
५ सदस्यपछि थप गरिने प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिव केसीले बताए । बन्दसत्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापाले नयाँ कार्यसमितिको प्यानल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान बढ्ने दाबी गरे । उनले एक/दुई दिनमै सरकारले पूर्णता पाउने जनाए ।
महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवास जस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पारे । उनले भने, ‘मौलिक हक कार्यान्वयनका लागि मुदामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चावन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।’
माओवादी केन्द्रले राष्ट्रिय राजनीतिमा सहकार्यको नीति लिएको र मतभेद भए पनि सहमति भएको कुरा लागू गर्ने र मतभेद भएको थाँती राख्ने गरी अघि बढेको उनले उल्लेख गरे ।महासचिव गुरुङले स्वास्थ्यको हक जनताको मौलिक हक रहेकाले निःशुल्क स्वास्थ्य उपचार सेवाको विस्तारका लागि संघ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य यशोदा सुवेदी, पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य विभागका फ्याक्सन इन्चार्ज कल्पना धमला, माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष वामदेव अर्याल, प्रगतिशील चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा कृष्णसागर शर्मा, केन्द्रीय सदस्य डा गुणराज लोहनी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापा लगायतले चिकित्सकको हक, अधिकार सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया