अमरसिंह माविलाई सिद्धार्थ बैंकको ४० लाख सहयाेग

समाधान संवाददाता २०७९ चैत १६ गते ११:१९

पोखरा ।
सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको मंगलबार उदघाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवन उदघाटन गरे ।

त्यस अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोका लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहीन विद्यार्थीहरुका लागि बहुउद्देश्यीय हल निर्माण गर्न ४० लाख रुपैयाँसम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरे ।

Advertisement

तपाईको प्रतिक्रिया