गण्डकी प्रज्ञा प्रतिष्ठानकाे स्थापना दिवसमा ५ पुरस्कार

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । प्रतिष्ठानको स्थापना दिवस १४ वैशाखमा ५ सर्जकलाई सम्मान गरिने भएको छ ।
प्रतिष्ठानले ५० हजार राशिको प्रज्ञा प्रादेशिक पुरस्कार र प्रज्ञा संगीत, साहित्य, संस्कृति र कला पुरस्कार प्रदान गर्ने तय भएको छ । प्रतिष्ठानको मंगलबार भएको १३ औं पूर्ण बैठक १ लाख राशिका संगीत, साहित्य, संस्कृति र कला पुरस्कारबाट ५ जनालाई सम्मान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले मादल, धिमे, सारंगी ,बाँसुरी लगायतका नेपाली बाजाको २ महिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । बागलुङमा मगर, तनहुँको खैरेनीटारमा नेवाः, पोखरामा भुजेल र लमजुङमा गुरुङ भाषाका कक्षा सञ्चान गर्ने तयारी छ ।
प्रतिष्ठानले जातजातिको संस्कृति संरक्षण अन्तर्गत माँझी समुदायको डकुमेन्ट्री बनाउने भएको छ । गुरुङ, दुरा, कुमाल, ब्राह्मण, छन्त्याल, थारु जातिसम्बन्धी पुस्तक प्रकाशन गर्ने तय भएको छ । प्रतिष्ठानको भानु सभाहललाई ध्वनि परावर्तनरहित बनाइने भएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया