मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

समाधान संवाददाता २०७९ चैत १६ गते ११:३२

पोखरा ।
नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा संगठन विस्तार ) अभियान २०७९) अन्तर्गत पार्टीको वडा कमिटी पोखरा २५ हेमजाले मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न प्रदान गरेको छ ।

Advertisement

पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरका सहजकर्ता मायानाथ अधिकारीले पार्टीको आन्तरिक रुपमा सुदृढीकरण तथा संगठन विस्तार अभियानका अलवा परोपकारी तथा मानवीय सेवामा कार्यरत आश्रमलाई सहयोग गर्नु राम्रो काम भएको बताए ।

उनले पार्टी एकै पटक केन्द्रदेखि मतदाताको घरदैलोसम्म पुग्ने अभियान प्रभावकारी ढंगले अगाडि बढेको जानकारी दिए ।

प्रतिनिधि सभाका सदस्य तथा पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दामोदर बैरागीले पार्टीको वडा कमिटीले अभियानको क्रममा स्थानीय स्तरमा सडक व्यवस्थापन गर्ने संस्थालाई सम्झेको उल्लेख गरे ।

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखरा २५ हेमजाको बाबियातरामा आश्रमको भवन निर्माण भइरहेको जानकारी दिए । उनले सामाजिक संस्था तथा परोपकारी व्यक्तिको सहयोगमा हेमजामा १ सय ४ र छोरेपाटनमा ७२ जना आश्रितको खानपान, बसोबाससहितको व्यवस्थापन गरेको सुनाए ।

Advertisement

मिसन ग्रासरुट अभियान अन्तर्गत वडा कमिटी पोखरा १ बगरको आयोजनामा सिमपानी, लामपाटा, गाइघाटमा टोल कमिटी गठन, भेला तथा प्रशिक्षण भएको छ । भेलाले अध्यक्ष हरि अधिकारीको नेतृत्वमा १५ सदस्यीय टोल कमिटी बनाएको छ । भेलामा पार्टीका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य पुण्यप्रसाद पौडेलले अभियानको क्रममा पार्टीको अभियान टोल टोलमा पुगेको बताए ।

अभियानका क्रममा शनिबार वडा कमिटी पोखरा ३३ को लामगादीमा टोल कमिटी स्तरीय अभिमुखीकरण भएको छ ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपसचिव रश्मि आचार्यले टोल टोलमा विभिन्न योजना निर्माण गरेर अभियानलाई सशक्त बनाएको जानकारी दिए ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटीका सचिवालय सदस्य टीकाराम पंगेनी, प्रदेश कमिटीका सल्लाहकार यज्ञप्रसाद अधिकारी, जिल्ला कमिटी कास्कीका सदस्य कुलबहादुर रानाभाट, गण्डकी प्रदेशका प्रचार विभागका सदस्य रामजीप्रसाद लम्साल, वडा कमिटी पोखरा ३३ का अध्यक्ष दीपकराज लामिछाने, कार्यवहाक सचिव रमेशराज आचार्य, टोल कमिटी अध्यक्ष कृष्णबहादुर रानाभाट, खेमराज पौडेल लगायतले अभियानका बारेमा बोलेका थिए ।

अभियान अन्तर्गत पोखरा महानगरपालिका ३३ वडाबाट निर्वाचित जनप्रतिनिधिको अन्तक्र्रिया भएको छ । कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने लगायतले जनप्रतिनिधि संगठन निर्माण र मतको सम्मान गर्दै जनताको सेवामा खट्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया