चिनियाँ पर्यटक मृत फेला

समाधान संवाददाता २०७९ चैत १६ गते ११:४२

पोखरा ।
भीरबाट खसेका चिनियाँ पर्यटक मृत भेटिएका छन् । पदयात्राका क्रममा मनाङको नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भीरबाट लडेर चिनियाँ नागरिक झाङ जीको मृत्यु भएको गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले जानकारी दिए ।

Advertisement

ती पर्यटक खोत्रो भीरबाट २ सय मिटर तल खसेका थिए । घटनालगत्तै नेपाल प्रहरी र स्थानीको सहयोगमा उनको उद्धार भएको थियो । जीको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपचारका लागि लमजुङको बेंसीसहर ल्याइए पनि बुधबार उनको मृत्यु भएको प्रहरी उपरीक्षक चौधरीले बताए ।

मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए ।

तपाईको प्रतिक्रिया