अनेरास्ववियु मादी गाउँपालिकाले नयाँ वर्षमा ‘भित्रेपात्रो’ विमोचन गर्ने

समाधान संवाददाता २०७९ चैत १६ गते १२:१६

पोखरा ।
अनेरास्ववियु मादी गाापालिका कमिटीद्धारा क्यालेण्डर विमोचन गर्ने भएको छ । कमिटीले चैत २५ गते नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गर्न लागेको अध्यक्ष योगबहादु क्षेत्री ‘रवि’ले बताए ।

Advertisement

एमाले निकट अनेरास्ववियुले विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने तिथि मिति हेर्न सहज हुन उद्देश्यले क्यालेन्डर विमोचन लागेको सुनाए । ‘दैनिक जीवमा विद्यार्थीहरु अध्यान अध्यापनमा सहज हुने र आफूले आस्था राख्ने विद्यार्थी समुहको क्यालेन्डरहुँदा अझ रमाइलो हुने उद्देश्ले विमोचन गर्न लागिएको हो,’ अध्यक्ष रविले भने ।


क्यालेडरले मादी गाउँपालिकामा मनाइने चार्डपर्व, प्राकृति स्रोत र धर्म संस्कृतिलाई जोडेर क्यालेन्डर तयार पारिएको उनको भनाइ छ । क्यालेण्डरमा पर्यटकीय गन्तव्यहरुलाई पनि समावेश गरिएको रविले सुनाए । ‘क्यालेन्डरले पर्यटकीय क्षेत्रको प्रमोट गर्ने र समग्र पालिका बासीलाई सहयोग पुग्ने अपेक्षा राखेका छौं,’ रविले भने ।

Advertisement

तपाईको प्रतिक्रिया