भलामकाे महेन्द्र स्कुलमा टंकी निर्माण

पोखरा ।
लायन्स क्लब पोखरा दर्पण र पोखरा अन्नपूर्णको संयोजकत्वमा पोखरा २० भलाममा खानेपाली टंक बनेको छ । यसका लागि बेलायतका हर्वाे विद्यालयका २२ विद्यार्थीले खाजाको रकम कटाएर २ लाख सहयोग गरेका छन् ।
भलामको महेन्द्र माविमा बनेको १० हजार लिटरको खानेपानी टंकी पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीले शिलान्यास गरे ।
विदेशी विद्यार्थीले नेपाल आएर स्वयंसेवकको रुपमा काम गरी भौतिक निर्माण गरेको कामको सिको गर्नुपर्ने उनले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर क्षेत्रीले छिमेकी राष्ट्रका विद्यार्थीले खानेपानी टंकी निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।
खानेपानी परियोजनाका निर्देशक सोनाम साङ्पोले पोखरा नगरपालिकाका सरकारी स्कुलमा क्रमश शुद्ध खानेपानीका लागि टंकी बनाउन बेलायत बाट सहयोग आएको बताए । विद्यालयका प्रधानध्यापक बोधराज पौडेल अब खानेपानीको समस्या समाधान भएको बताए ।
कार्यक्रममा लायन्स क्लब अन्नपूर्णका इलेक्ट प्रथम उपाध्यक्ष गणेश छवि र लायन्स दर्पण अध्यक्ष राममणि पौडेलले पनि बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया