५६ युनिट रगत संकलन

लेखनाथ ।
पोखरा २६ मा रहेको सनराइज क्लव र लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटीको आयोजनामा भएको रक्तदानमा ५६ युनिट रगत संकलन भएको छ ।
क्लवको वार्षिक कार्यक्रम अन्तरगत चैते दसैंको अवसरमा राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता सृजना महिला समुहकी सदस्य कमला न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले सामाजिक संघ सस्था र वडाले सहकार्य गर्दै काम गर्नुपर्ने आवश्यकता रहेको आंैल्याए । सामाजिक कार्यमा सधैं वडाको साथ र सहयोग रहने उनले प्रतिवद्धता दिए ।
क्लवका अध्यक्ष डुलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वी १ नेपालका डिस्ट्रिक टे«जरर सूर्यनारायण वराल, पूर्व जिल्ला न्यायाधिश वासुदेव न्यौपाने, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, क्लवका निवर्तमान अध्यक्ष राजबहादुर गुरुङ, लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटीका अध्यक्ष गोविन्द लामिछाने, लायन्स क्लवका रक्तदान संयोजक हरि वस्ताकोटी, लियो क्लव अफ लेखनाथ सेभेन लेकसिटीका अध्यक्ष प्रशान्त सापकोटा र लेखनाथ बचत तथा ऋण सहकारी सस्था अध्यक्ष हरिबहादुर जिसी लगाएतले रक्तदानको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका थिए ।
सनराइज क्लवका उपाध्यक्ष सुर्य न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य हरिप्रीया पौडेलले राखेकी थिइन् ।
तपाईको प्रतिक्रिया