पोखरा १४ द्धारा महिला सशक्तीकरण तथा सचेतना कार्यक्रम

समाधान संवाददाता २०७९ चैत १६ गते १७:४४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ ले महिलाहरुलाई सचेतनात्मक दिएको छ । महिला सशक्तीकरण, कानुनी परामर्श र महिलाको पाठेघरको क्यान्सर सम्बन्धि सचेतनात्मक कार्यक्रम सम्बन्धि सचेतना फैलाएको हो ।


९ दिनेसम्म कार्यक्रम गरेर महिला सचेतनात्मक कार्यक्रम गरेको वडाध्यक्ष बोधराज कार्कीले बताए । जसमा १६ समुहका ४५ जना आमा दिदी बहिनीहरु उपस्थित थिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रमममा बोल्दै मेयर आचार्यले घरको काम छाडेर उत्साहका साथ कार्यक्रममा सहभागी भएकोमा बधाइ तथा सुशकामना दिए । कार्यक्रमले निर्णय लिन र कानुनी परामर्शबारे प्रष्ट पारेको वडाध्यक्ष कार्कीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया