नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्कीको अध्यक्षमा पार्वती पाण्डे

समाधान संवाददाता २०७९ चैत १६ गते १८:०२

पोखरा ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।


‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्यामप्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ ।

Advertisement

सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती ढुंगाना, सरा बोगटी, विष्णु पहारी, मिठुदेवी लामिछाने, शिवराज अधिकारी, धनप्रसाद गुरुङ र शेरकाजी गुरुङ निर्वाचित भए ।


अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसको व्यवसायिक प्रवर्ध्दनको लागि सबैको साझा सोच र अग्रसरताको आवश्यता रहेको बताए ।

Advertisement

उनले कुनै कच्चा पदार्थ विनानै उद्योग सञ्चालन गर्न सकिने पर्यटन उद्योग भएकाले यहाँ रहेका हिमश्रृंखला, ताल तलैया लगायत प्राकृतिक सम्पदालाई संरक्षण र सम्बद्धनमा गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन प्रवर्द्धन र विकासका लागि भइरहेका स्रोत साधनको समुचित प्रयोग गरेर एकिकृत सोचका साथ काम गर्न आवश्यक रहेको बताइन् । उनले पोखरा पर्यटनको राजधानी भएकाले र अन्तर्राष्ट्रिय विमानस्थल समेत भएकाले व्यावसायिक एकता र पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने खाँचो ‌औंल्याइन् ।

सो अवसरमा हालै मात्र साउथ अमेरिकाको आकाङकुवा हिमाल आरोहण गरेर फर्केकी पथप्रर्दशक र हिमाल आरोही महिला मनु गुरुङलाई नेपालको पर्यटनलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश अध्यक्ष चिरञ्जीवी पोखरेल, सल्लाहकार सूर्य भुजेल, उद्योग तथा व्यवसाय राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेकपा एमाले जिल्ला सचिव तथा जिल्ला संगठन विभाग प्रमुख बैनबहादुर क्षेत्री, एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने लगायतले पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएका समस्याका कारण पर्यटन व्यवसायी भोग्नुपरेको कठिनाइ, व्यावसायिक हक हित र आगामी दिनमा संगठनले अपनाउनुपर्ने रणनीतिका बारेमा आआफ्नो धारणा राखेका थिए ।


संगठनका प्रदेश उपाध्यक्ष जमुना पराजुली , सचिव मिलन तिवारीले संगठनका गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया