कांग्रेस त्यागेका स्वर्णिमले लिए रास्वपाको सदस्यता, तनहुँ १ को उम्मेदवार उनै

समाधान संवाददाता २०७९ चैत १६ गते १८:४३

नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन्।

वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका हुन्।

यसअघि बिहीबार दिउँसो मात्रै उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। रास्वपाले उनलाई तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न टिकट दिने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया