कास्कीकोटमा छायांकन भएको टेलिशृंखला बिचित्र युटुबमा
समाधान संवाददाता
२०७९ चैत १७ गते १०:४३

पोखरा ।
कास्कीकोट इन्टरटेन्मेन्टको ब्यानरबाट प्रतुति रहेको विचित्र नामको टेलिशृंखला युटुबबाट प्रसारण भइरहेको छ ।
टेलिशृंखलाको मुख्य उद्देश्य ग्रामीण भेगमा हुने सामाजिक, पारिवारिक र समसामायिक विकृतिमाथि व्यंग्य गर्नु रहेको लेखक तथा निर्देशक रेशम नेपालीले बताएका छन् ।
टेलिशृंखला ७५ भागसम्म निर्माण भइसकेको छ ।
पोखराको कास्कीकोटमा छायांकन भएको शृंखलाको छायांकन रेशम नेपालीले गरेका हुन् । पार्वती श्रेष्ठको शृंखला र सविना नेपालीले व्यवस्थापनको काम गरेका छन् ।
शृंखलामा रेशम नेपाली, मिङमिङ पुन, बुद्धि खनाल, माया गिरी, राजेन्द्र नेपाली, मनीषा अधिकारी, निशान लामिछाने, कृष्ण पौडेल (अविरल), सुवर्ण पौडेल (ज्ञानेन्द्र), प्रतिभा शेरचन÷गौचन, सुनीता बोहोरा र बाल कलाकार कृतिमा पौडेल लगायतले अभिनय गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया