तनहुँमा घटे मतदाता
समाधान संवाददाता
२०७९ चैत १७ गते ११:०८

पोखरा ।
तनहुँ १, चितवन २ र बारा २ मा हुने उपचुनावमा ३ लाख ५३ हजार २४८ जना मतदाताले भोट हाल्दै छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।
मंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् । तनहुँ नं. १ मा १ सय ८५ मतदाता घटेका छन् । यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता कायम भएका छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया