बेगनासमा कोटभैरव मन्दिर निर्माण

पोखरा ।
पर्यटकीय बेगनासतालको सिरानमा बेगनासकोट भैरव मन्दिर निर्माण गरिएको छ । पोखरा वडा नम्बर ३१ को बेगनासस्थित बेगनासकोटमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा भैरव मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिरको बिहीबार उद्घाटन गरिएको छ । बेगनासलाई महत्वपूर्ण पर्यटकीय तथा धार्मिक गन्तव्यस्थल बनाउने योजना अनुरुप मन्दिर निर्माण गरिएको हो ।
उक्त मन्दिरको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज अचार्यले गरे । गत वर्ष उक्त मन्दिरको शिलान्यास गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेका थिए । मन्दिरको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख आचार्यले बेगनासकोट बराह क्षेत्र तथा बराह क्षेत्र बेगनासकोट पदमार्गलाई धर्मिक पर्यटन साथै हाइकिङ क्षेत्रको रुपमा एकीकृत विकास गर्नुपर्नेमा जोड दिँदै पोखराका कोटहरुको विकासका लागि महानगर लागिरहेको जानकारी गराए ।
पोखरा वडा ३१ का अध्यक्ष ढकनाथ कँडेलले आफ्नो वडा भौगोलिक रुपमा ठूलो रहेको तर विकासमा पछाडि रहेकाले विद्यमान वडाका समस्याहरुका उल्लेख गर्दै थप श्रोत परिचालनका लागि जोड दिए । समारोहमा नेपाल सरकारका उपसचिव वसन्त तिवारीले विकासलाई आर्थिक वृद्धि तथा आयआर्जनमा जोड दिँदै पर्यटकलाई आऊँआऊँ लाग्ने ठाउँ बनाउन सकियो भने मात्र पर्यटकका आगमन हुनेमा जोड दिए ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा मन्दिर तथा क्षेत्र संरक्षणका लागि २० लाख रुपैयाँ विनियोजन गरेकोमा चालु आर्थिक वर्ष १५ लाख रुपैयाँ विनियोजन भएको थियो । कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले पोखरा महानगरबाट यस आर्थिक वर्षका लागि विनियोजन भएको २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने कोटभैरव क्षेत्र संरक्षण आयोजनाको समेत शिलान्यास गरी शुभारम्भ गरेका थिए ।
बेगनासकोट भैरव मन्दिर निर्माण समितिका अध्यक्ष भूपेन्द्र रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो । स्थानीय युवा समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका आजीवन सदस्य श्रीराम कँडेलले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीय सामाजिक व्यक्ति गोकर्ण तिवारी, मदन सापकोटा, अमृत पाण्डे र लोकनाथ पाण्डेले बोलेका थिए ।








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया