ताङतिङमा नौंचु पैंगी लामा महायन बौद्ध गुम्बा पुनर्निर्माण

समाधान संवाददाता २०७९ चैत १७ गते ११:२२


पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङमा नौंचु पैंगी लामा महायन बौद्व गुम्बाको पुनर्निर्माण गरी उद्घाटन गरिएको छ ।
उद्घाटन अवसर सँगै तीन दिनसम्म विविध कार्यक्रम पनि गरिएको सचिव प्रेम प्रसाद गुरुङले बताए । गुम्बाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए ।

Advertisement


सोही अवसरमा हिमपति पाठ वाचन र भगवान बुद्वको महान वाणी प्रज्ञापारमिता (वुम) वाचनसँगै गुम्बाको प्राणप्रतिष्ठा गरिएको थियो । गुरु स्याम्पा रिम्पोच्छेले अभिषेक प्रदान गरेका थिए ।


तीन दिनको पूजा कार्यक्रम बौद्व अर्घाै सदन रामघाटका प्रमुख लामा ख्याम्पो शिर लामाको नेतृत्वमा भएको हो । गुम्बाको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले निरीक्षण गरे ।


तीन दिनसम्म आयोजित कार्यक्रममा चन्दादाता, विभिन्न सघसंस्था, परिवार समूह, चेलिबेटीहरुले आर्थिक सहयोग गरेको कोषाध्यक्ष क्याप्टेन मनबहादुर गुरुङले जानकारी दिए ।


कार्यक्रममा २० लाख ९२ हजार तीन सय ५५ रुपैयाँ संकलन भएको थियो । कार्यक्रममा ९ लाख ६ हजार ३ सय ९४ रुपैयाँ खर्च भई ११ लाख ८५ हजार ९ सय ६१ रुपैया बचत भएको छ । कार्यक्रममा नौंचु पैंगी लामा चेलिबेटी पण्डितथर परिवारले भोजन दान गरेको थियो ।

Advertisement


कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति नौंचु पैंगी लामा महायन बौद्ध गुम्बा परिवारले धन्यवादसहित आभार व्यक्त गरेको छ ।


हत्या, हिंसा, व्यभिचार नियन्त्रण गर्ने उद्देश्यले ताङतिङ नौंचु पैंगी लामा पण्डितथर भाइखलकले विस २०६९ सालमा गुम्बा निर्माण गरेका हुन् । गुम्बा परिवारका उपाध्यक्ष बृजमान गुरुङले बढ्दो सहरीकरण र विदेश पलायन बढी रहेको अवस्थामा पुख्र्याैली संस्कृतिलाई जोगाई राख्न गुम्बाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया