पारिवारिक कथामा ‘चित्रा’

समाधान संवाददाता २०७९ चैत १७ गते १७:१७

पोखरा ।
रामनवमीको अवसरमा बिहीबार ‘चित्रा’को घोषणा गरिएको छ । आगामी भदौबाट छायांकनमा जाने सिनेमामा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । साथमा अर्पण थापाको समेत अभिनय छ ।

पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन घनश्याम लामिछानेले बताए । निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शनपश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भएको छ ।

उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् ।

Advertisement

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया